अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई, उपविजेता बन्यो नेपाल

बुधबार, १४ फागुन २०८१
काठमाडौं : चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले चुमेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा म्यानमारले नेपाललाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै विजयी बनेको हो । खेलको ६२ औं मिनेटमा यू पेर खिनको प्रहार गोलमा परिणत भयो । ६४ औं मिनेटमा पुनः म्यानमारले दोस्रो गोल गर्‍यो । त्यसपछि दुवै टिमबाट प्रहार भएपनि गोल हुन नसकेपछि म्यानमारले आफ्नो जित शुनिश्चित गर्दै उपाधि चुमेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार