इटहरी : पत्रकार ऋषि धमला र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच चर्काचर्की प¥यो ।
विराटनगरमा बिहीबारदेखि जारी ‘कोशी विचार उत्सव’ कार्यक्रममा वक्ताका रूपमा रहेका कोशीका मुख्यमन्त्री कार्कीलाई पत्रकार धमलाले ¥याख¥याखती पारे ।
उनीहरूबीचको चर्काचर्कीले पत्रकारिताको वर्तमान अवस्था र संघीयताको कमजोर अवस्था दुवैबारे चित्रण गर्न सक्नेमा कुनै दुईमत नै छैन ।
धमलाले बहस सुरू गर्नुअघि भने, ‘मन्त्री र प्रधानमन्त्रीको कारखाना कोशी प्रदेशबाट सुरू भएको छ ।’
त्यसबीचमा मुख्यमन्त्री कार्की मञ्चतर्र्फ उक्लिए ।
धमला : ‘सुरू गरौँ मुख्यमन्त्री ज्यू, तपाईँ रेडी हुनुहुन्छ नि ?’
मुख्यमन्त्री : एकदम, सदाबहार ।
धमला : तपाईँ कोशी प्रदेशको मुख्यमन्त्री कि ? १ नं. प्रदेशको मुख्यमन्त्री ?
मुख्यमन्त्री : दुवै हो ।
धमला : जनताले कोशी प्रदेश भनेर मानेका छैनन् नि ?
मुख्यमन्त्री : गलत । विधिसम्बत ढंगले नाम राखिएको हो ।
धमला : सर्वस्वीकार्य मुख्यमन्त्री किन मानेनन् ?
मुख्यमन्त्री : म सर्वस्वीकार्य मुख्यमन्त्री होइन । म बहुमत प्रणालीबाट मुख्यमन्त्री बनेको हुँ ।
धमला : आज पहिचानवादी आन्दोलित छन् नि ?
मुख्यमन्त्री : आन्दोलन सकारात्मक कामका लागि हुन्छ । यो आन्दोलन होइन, विरोध भइरहेको छ । विरोध नकारात्मक कामका लागि हुन्छ ।
धमला : कोशी प्रदेशको कुरा गर्ने हो भने विकास तीव्र गतिमा भएन । तपाईँसँग कुनै अधिकार छैन, केही गर्न सक्नुभएन । पाथीभरामा केबलकार जाने, नजाने भन्ने विषयमा वार्ता गरेर मिलाउन सक्नुभएन । तपाईँको हैसियत हेर्नुहोस् । तपाईँ कति कमजोर मुख्यमन्त्री ।
मुख्यमन्त्री : कोही मान्छे वार्ता गर्न आउँदिन भन्छ भने मैले समातेर ल्याएर, पक्रेर, थुनेर वार्ता गर्न सक्दिन । वार्ता भनेको तार्किक निष्कर्षमा पु¥याउन विधिसम्बत ढंगले गरिने छलफल हो ।
यसबेला धमलाले भने जनतालाई ‘कन्भिन्स’ गर्नुपर्ने बताइरहेका थिए ।
पुनः धमलाले सोधे – पहिचानवादीलाई दमन गरेर केबलकार बन्छ ?
मुख्यमन्त्री : दमन गरेर होइन, समयको माग हो । सरकारले समयको माग पूरा गर्न जुनसुकै ढंगले पनि तय गर्छ ।
धमला : अहिलेको अवस्थामा तपाईँसँग कति अधिकार छ ? हाम्रो देशका मुख्यमन्त्रीसँग कति अधिकार छ ? फेहरिस्त बताउनुहोस् ?
मुख्यमन्त्री : संविधानबाट एउटा कुरा झिकिदिनुहोस्, संविधान आफैँ फेल हुन्छ । प्रदेश भन्ने झिकिदिनुहोस् त ?
धमला : त्यसोभए प्रदेशको औचित्य छैन ?
मुख्यमन्त्री : तपाईँ गलत ढंगले प्रश्न उठाउँदै हुनुहुन्छ ।
धमला : तपाईँसँग प्रहरी परिचालन गर्ने अधिकार छ ? डीआईजीलाई निर्देशन दिन सक्नुहुन्न । गृहमन्त्रीको निर्देशन चाहिन्छ नि। तपाईँको हैसियत के छ भन्नुस् न ?
मुख्यमन्त्री : हैसियतका कुरा पछि भनौँला । तपाईँलाई भन्दिन ।
धमला : सिडिओ परिचालन गर्ने अधिकार छ ?
मुख्यमन्त्री : मजाले ।
यसबीचमा संघीयता कार्यान्वयन यति चाँडै भइसेकेको मुख्यमन्त्री कार्कीले बताए ।
धमलाले भने, ‘संघीयता भनेको मागी खाने भाँडो हो तपाईँहरूको । गाडी चढ्ने, तपाईँ निवासमा बस्ने, विकास कहाँ ग¥यो ? विकास भन्नुहोस् ? विकास बताउनुहोस् ?
मुख्यमन्त्रीले जबाफमा भने – ‘विगत ३० वर्षमा नभएको काम कोशी प्रदेश सरकारले सात वर्षमा गरेको छ ।’
धमला : के ग¥यो ? एक, दुई, तीन भन्नुहोस् ।
मुख्यमन्त्रीले धमलालाई सोधे : कुन क्षेत्रको ?
धमलाले भने, ‘मुख्यमन्त्रीले मलाई प्रश्न गर्ने होइन । जनतालाई भन्ने हो । तपाईँ जनताको मुख्यमन्त्री हो ।’
प्रश्नबाट रिसाएका मुख्यमन्त्री कार्कीले भने, ‘एउटा कुरा है ! तपाईँलाई जबाफ दिन्न । तपाईँलाई भन्दिन ।’
धमला : मुख्यमन्त्री ज्यू ! यो जनताले हेरिरहेको कार्यक्रम हो ।
मुख्यमन्त्री : तपाईँ धम्क्याएर बोल्नुहुन्छ । यस्तो हो भने तपाईँसँग बहस हुँदैन है ?
धमला : त्यसो हो भने तपाईँले गरेको विकास फेहरिस्त भन्नुहोस् न ?
मुख्यमन्त्री : तपाईँलाई भन्दिन नि त । जनतालाई मैले सात वर्षमा गरेको कामको किताब बाँडेको छु । यो मेरो अन्तिम जबाफ हो। विगत सात वर्षमा सबै क्षेत्रका काम गरिएकोबारे मैले फागुन ३ गते सार्वजनिक गरेको छु ।
धमलाले बहसमा प्रदेशको औचित्य नरहेको र संघीयता खारेजीको कुरा पटकपटक उठाएका थिए ।
धमलाको प्रश्नबाट आजित बनेका मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशको औचित्य रहेन भने जनतालाई संघीयता फाल्ने अधिकार पनि छ । हटाइदिऔँ न त !’
विचारहरूको मन्थन गर्ने उदेश्यले विराटनगरमा शनिबारसम्म विचार उत्सव सञ्चालन हुने आयोजक बिना फाउण्डेशनले जनाएको छ ।
विचार उत्सवको पहिलो सेसन नै मुख्यमन्त्री कार्कीसँग धमलाले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया