विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले भूकम्पका कारण कोशी प्रदेशमा कुनै पनि क्षति नपुगेको जानकारी दिएका छन् । यद्यपि, सबैतिर प्रहरी परिचान गरेर बुझ्ने काम भइरहेको उनको भनाइ छ ।
अधिकारीका अनुसार भूकम्पले प्रदेशका १४ वटै जिल्लामा क्षति पुर्याएको विवरण प्राप्त नभएको हो । ‘पहाडमा घरहरु चर्किएका हुन सक्छन् भनेर बुझ्ने काम भइरहेको छ । कतै क्षति पुगेको छ कि भनेर सोधीखोजी भइरहेको छ । स्थानीय तहसँग पनि प्रहरीबाट समन्वय भइरहेको छ । तर, हालसम्म कुनै ठाउँमा क्षति पुगेको भनेर जानकारी आइसकेको छैन,’ उनले भने ।
डीआईजी अधिकारीले ठूलो जनधनको क्षति भएको विवरण प्राप्त नभएको र भूकम्पपछिको अवस्था बुझ्न सबैतिर प्रहरी परिचालन गरिएको बताए । ‘प्रारम्भिक विवरणमा त्यस्तो कुनै कुरा आएको छैन । सबैतिर सम्पर्क स्थापित गर्दैछौं । कतै केही भएको छ कि भनेर जनप्रतिनिधिसँग समन्वय भइरहेको छ । कुनै ठाउँमा असर पुगेको जानकारी छैन,’ उनी भन्छन् ।
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज (शुक्रबार) बिहानका राति ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का देशभर महसुस भयो । यो समाचार तयार पार्दासम्म भूकम्पले ठूलो क्षति पुर्याएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया