काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको जहाज मौसम प्रतिकूलताका कारण कोलकाता डाइभर्ट भएके छ ।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भइ मौसमा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौंबाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेको छैन ।
मौसम खराबीले परराष्ट्रमन्त्री आरजु राणा देउवा आएको जहाज पनि कोलकाता डाइभर्ट भएको छ । विमानस्थल कार्यालयका अनुसार दोहाबाट आएको कतार एयरवेजको जहाज कोलकाता डाइभर्ट भएको हो ।
त्यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट भएको छ । त्यस्तै चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाजको तिब्बतको ल्हासा डाइभर्ट भएको छ ।
अहिले भने मौसममा सुधार आएसँगै अन्तर्राष्ट्रियतर्फ उडान सुरु भएको कार्यालयले जनाएको छ । आन्तरिकतर्फ भने जनकपुर, भैरहवा र भद्रपुरका लागि काठमाडौंबाट विमान उडेका छन् ।
प्रतिक्रिया