भुकम्पबाट चार जिल्ला प्रभावित, यस्तो छ क्षतिको विवरण

शुक्रबार, १६ फागुन २०८१
रौतहट : सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहान गएको भूकम्पबाट चार जिल्ला प्रभावित भएका छन्। प्रहरीका अनुसार सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौं, संखुवासभा, मकवानपुर र धादिङमा भूकम्पको असर परेको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरणअनुसार एक घर पूर्ण रूपमा भत्किएको छ भने तीन घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। साथै, एक गोठ र प्रहरी कार्यालयमा पनि क्षति पुगेको उल्लेख छ। भूकम्पका कारण तीन परिवार विस्थापित भएका छन् भने छ जना सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार अहिलेसम्म १३ वटा घटना दर्ता भएका छन्। यो विवरण दिउँसो ३ बजेसम्मको भएको जनाइएको छ। शुक्रबार बिहान २:५१ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति पुगेको छ भने भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार