बालेनले प्रधानमन्त्रीलाई भने – ‘मलाई हराउने ताकमा, देशलाई नडुबाउनु होला’

शुक्रबार, १६ फागुन २०८१
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । शुक्रबार बेलुका मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भोको पेट मारेर आफूलाई हराउन खोजेको अभिव्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ । हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मन्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!’ पछिल्लो केही महिनादेखि काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेपछि मेयर बालेन सरकारप्रति असन्तुष्ट बनेका छन् । गृह मन्त्रालयले बिहीबार मात्रै ७७ जना सहसचिवको सरुवा गर्दा काठमाडौँ महानगरमा भने प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार