नेविसंघको झडप प्रकरणमा सुमनाले भनिन् ‘पढ्न पठाएको की खुकुरी हान्न ?’

शनिबार, १७ फागुन २०८१
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघ आबद्ध विद्यार्थीबिच झडपको विषयलाई शिक्षाको विकृतिका रूपमा अर्थ्याएकी छिन् । शनिवार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गरिन् । ‘शिक्षण पेसालाई दलीय राजनीति मुक्त नबनाउन्जेलसम्म केही हुने वाला छैन । उनले भनिन्, ‘महेन्द्र मोरङकै कुरा गर्दा विद्यार्थीलाई क्याम्पसमा खुकुरी हान्न पठाएको की पढ्न ? खास गरी गत बिहीबार मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ आबद्ध विद्यार्थीबिच झडप हुँदा ३ जना घाइते भएका थिए । संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन इतर अर्थात् डा।शेखर कोइराला पक्षधर विद्यार्थीबिच झडप भएको थियो । जसपछि उत्पन्न परिस्थितिले नेविसंघ मोरङ र महेन्द्र आदर्श बहुमुखी क्याम्पसमा एक अर्का विरुद्ध समानान्तर समिति गठन गरेर विवादलाई चरम उत्कर्षमा पुर्‍याइएको अवस्था रहेको छ । सांसद श्रेष्ठले समेत तालाबन्दीले विद्यालयमा पढ्ने वातावरणको सृजना नभएको उल्लेख गरिन् । व्यवहारिक शिक्षाको आवस्यक्ता औँल्याएकी श्रेष्ठले दक्ष जनशक्ति बनाउन आवश्यक रहेको बताइन् । श्रेष्ठ पार्टीले जिल्लामा आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएकी छिन्

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार