इलाम : इलाममा दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकप शनिवारबाट सुरु भएको छ । ठुलो टुँडिखेलमा सुरु भएको उद्घाटन खेलमा आयोजक ओएसिस क्लबले ओखलढुङ्गाको पदमा स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
आयोजकले दुवै गोल पहिलो हाफमै गरेको थियो । पहिलो हाफको ३४ औ मिनेटमा आयोजकको तर्फबाट पहिलो गोल वर्षा ओलीले गरिन् ।
डिबक्स एरिया नजिकै पदमा रिपोर्टिङ क्लबका खेलाडी सुक्रीया मियाले फल्ड गरेपछि आयोजकले राम्रो अवसर प्राप्त ग¥यो । असिना राईको उत्कृष्ट फ्री किक प्रहारलाई वर्षाले हेडिङ मार्फत गोल गोल गर्दै सुरुवाती अग्रता बनायो ।
पहिलो हाफकै अतिरिक्त थप गरिएको समयमा प्रिंयका मगरले गोल गर्दै अग्रतालाई दोब्बर पारिन् ।
खेलको म्यान अफ द म्याच आयोजककी वर्षा घोषित भएकी छिन् ।
ओएसिस क्लब इलामको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको दोस्रो संस्करण शनिवारबाट सुरु भएको हो ।
प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख, उपविजेता बनेको टोलीले नगद, २ लाख सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रतिक्रिया