सप्तरीको फत्तेपुरमा बाघको आक्रमणबाट तीन जना घाइते, घटनास्थलमा सयौँको भीड

सोमबार, १९ फागुन २०८१
इटहरी (डेस्क) : सप्तरीको फत्तेपुरमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । सप्तकोसी नगरपालिकास्थित फत्तेपुर बजार क्षेत्रमा आज (सोमबार) बिहान बाघको आक्रमणमा परी तीन जना घाइते भएका हुन् । आक्रमणमा परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाइ घाइते भएका छन् । हाल घटनास्थलमा सयौँको भीड लागेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट अहिले टोली घटनास्थलमा पुगेर विस्तृत बुझिरहेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट घटनास्थलमा रहेका एक कर्मचारीका अनुसार सप्तकोसी नगरपालिका १ रक्तमाला टोल र खोरिया टोल नजिकै बाघले आक्रमण गरेपछि अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । उनका अुनसार आरक्षबाट नेपाली सेनासहित प्राविधिक टोली र वन कार्यालयका कर्मचारीहरूले अहिले स्थलगत अवस्था बुझिरहेका छन् । ‘बाघले आक्रमण गरेपछि अहिले हामी घटनास्थलमै छौँ, यहाँ सयौँको भीड छ,’ ती कर्मचारीले भने, ‘घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदयकुमार राईका अनुसार आज बिहान ७ बजेतिर बाघ बस्तीमा पसेको प्रहरीलाई सूचना आएको थियो । त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार