सुनसरी : धरानबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हिजो (सोमबार) राति १० बजे धरान उप महानगरपालिका वडा नं ३ माछा भौडीस्थित गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरूलाई लागू औषधसहित फेला पारेको हो।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले पुरानो बजारबाट रत्न चौकतर्फ गइरहेको को २० प ४८१६ नम्बरको स्कुटर जाँच गर्दा स्कुटी चालक धरान १० बस्ने २७ वर्षीय बिनय देवान, पछाडि सवार धरान १६ बस्ने २८ वर्षीय कुविर श्रेष्ठ र धरान १० बस्ने ३५ वर्षीया सृजना गुरुङ को साथबाट लागू औषध बरामद गरेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामामोल ५०० ट्याब्लेट र डिकोलिक ५०० ट्याब्लेट फेला परेको छ।
लागूऔषध ओसारपसार गरेको आरोपमा तीनै जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया