इटहरी /नेपाल शिक्षक सङ्घ इटहरीको अध्यक्षमा बासुदेव कर्ण विजयी भएका छन् । सोमबार कबिर माविमा भएको निर्वाचनमा उनि विजयी भएका हुन् ।
कर्णले १ सय ७२ मत पाए भने बस्नेतले ९२ मत पाए । गत माघ २८ गते उद्घाटन भएको अधिवेशनले अध्यक्ष बाहेक कार्यसमितिका पदाधिकारी यस अघि नै सर्वसम्मत चयन भएका थिए । अध्यक्षमा सहमति हुन नसकेपछि आज निर्वाचन भएको थियो । उपाध्यक्षमा विष्णु दाहाल, महिला उपाध्यक्ष लक्ष्मी चौधरी, सचिव भीम भट्टराई, अर्थ सचिव दीपेन्द्र राय सर्बसम्मत चयन भएका छ्न। यस्तै अर्थ सहसचिवमा गुरु प्रसाद काफ्ले, समावेशी सह सचिवमा दिलीप कुमार मुखिया र मिलन चौधरी समेत चयन भएका छ्न ।
प्रतिक्रिया