इलाम । विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको फाइनल पुगेको छ । बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक ओएसिस क्लब इलामलाई २–० गोल अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
खेलको ४१ औ मिनेटमा आर्मीकी हेमा चौधरीको क्रस पासलाई विमला चौधरीले उत्कृष्ट गोल गर्दै आर्मीले पहिलो हाफमा सुरुवाती अग्रता दिलाएकी थिइन् दोस्रो हाफको २२ औ मिनेटमा पुनः आर्मीकी विमला चौधरीको प्रहार गोलमा परिणत भएको थियो ।
आर्मीले पूरा समय गोल गर्ने अवसरहरू गुमायो । यता आयोजकले पनि सुन्दर मौकाहरूलाई फ्रेममा प्रहार गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिन पुगेको छ । खेलको प्लेयर अफ दी म्याच आर्मीकी विमला चौधरी बनिन । उनले नगद रु ५ हजार र ट्रफी प्राप्त गरिन ।
बिहीबार हुने अन्तिम सेमिफाइनलमा विभागीय टोली एपीएफ र पुलिस क्लब बिच हुनेछ ।
प्रतिक्रिया