६ लेन : सडक क्षेत्राधिकारका संरचना हटाउन सुनसरीको दुहबीमा चल्यो डोजर

विहीबार, २२ फागुन २०८१
इटहरी : सुनसरीको दुहबीमा डोजर चलेको छ । रानी–विराटनगर–इटहरी–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न बिहीबार डोजर प्रयोग गरि ५८ घर भत्काइएको हो । सर्वोच्च अदालतमा स्थानीयले मुद्दा दायर गरेकोमा एक महिनाअघि रिट खारेज गरेपछि घर भत्काउन ३० दिने समयसीमा तोकिएको थियो । जुन समयसीमा बुधबार सकिएपछि दुहबी नगरपालिकाले बिहीबारदेखि नै घर भत्काउन सुरु गरेको नगरप्रमुख वेद गच्छदारले जानकारी दिए । सडक विस्तार गर्नका लागि ६२ वटा घर भत्काउनुपर्ने भए पनि अब चार वटा भत्काइने उनले बताए । गच्छदारका अनुसार सडक क्षेत्राधिकारमा पर्ने घर भत्काएसँगै ६३० मिटर सडक निर्माणका लागि ६ लेन सडक आयोजनाले टेण्डर आह्वान गरी ठेक्का प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ । सडकको दायाँबायाँ ६–६ मिटर सेटब्याक कायम गर्नका लागि ७ वटा स्काभेटरको प्रयोग गरिएको थियो । अधिकांशले आफैँ घर तथा टहरा भत्काए पनि केही स्थानीयले भने अटेर गरेर बसिरहेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको गच्छदारको भनाइ छ । डोजर चलाउने क्रममा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालनसमेत गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार