समाजमा जनचेतनाको कमीले सामाजिक लैङ्गिक जस्ता महिलाहरुमाथि हिंसा हुन्छ । त्यसमा सबैको एकता र एकबद्धता चाहिन्छ । समाजको परिवर्तनको लागि पुरुष, महिला सबैले मिलेर महिलामाथि हुने हिंसाविरुद्ध लड्नुपर्छ ।२१ औँ शताब्दीमा अहिलेको जेनरेशन लिडरसिप गर्ने अवस्थामा छ । अहिले त कोही पुरुष भन्दा कोही पनि महिला कमजोर छैनन् । अबको ८-१० वर्षमा हरेक क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व हुन सक्छ । महिला पछि पर्छ भन्ने मलाई लाग्दैन । हरेक क्षेत्रमा आफ्नो पोजिसन आफूले बनाउने हो, आफ्नो पोजिसन बनाइसकेपछि महिलाहरु कम पारिश्रमिकमा काम गर्न बाध्य हुन सक्दैनन् । ’ यसैगरी अभिनेता प्रदीप खड्काले अहिलेका महिला कलाकार र कला क्षेत्रका पेशेवरहरूको अवस्थामा धेरै सुधार आएको बताए । उनले महिलाहरुको केही पक्षहरुमा सुधार गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘महिलाहरुको दयनीय अवस्था त छैन, तर पनि केही सुधार गर्नुपर्ने अवस्था पक्कै छ । चलचित्र क्षेत्रमा पारिश्रमिक, सुरक्षाका कुराहरुमा अझै समस्या यसमा समय अनुसार विचार विर्मश गर्नुपर्छ ।’ साथै उनले कुनै समयमा घर बाहिर जान नपाउने महिलाहरु अहिले निर्देशक, निर्माता र प्रत्येक क्षेत्रमा अगाडि बढिरहेको बताए । ‘कुनै समय थियो महिलाहरुलाई घरबाट बाहिर जान नदिने समय तर अहिले महिलाहरु नै निर्देशक, निर्माता र प्रत्येक क्षेत्रमा महिलाहरु अगाडि बढ्दै छन्,’उनले भने,‘पुरुषहरु हाबी भएका कारणले महिलाहरुले स्पेस कम पाउनु भएको छ । अहिले पनि विवाह भइसकेपछि महिलाहरुले चलचित्रहरुमा कम काम पाउने अवस्था छ । यो सोचलाई चिर्दै अगाडि बढ्नुपर्छ ।’ यसैगरी चर्चित खलनायक राजेन्द्र खड्गीले महिलाको महत्व र सम्मानमा ध्यान दिनुपर्ने औंल्याए । नेपाली चलचित्र क्षेत्रमा महिलाहरूको स्थान अझै सुदृढ गर्नुपर्ने आवश्यकता भएको बताए । उनले महिलालाई सम्मान गर्न सिक्नुपर्छ र हरेक क्षेत्रमा उनीहरूको स्थान सुनिश्चित गर्न महिलाहरू आफैं एकजुट भएर आवाज उठाउनुपर्ने बताए । खड्गीले भने, ‘महिलालाई सम्मान गर्न जान्नुपर्छ । महिला विना फिल्म नै बन्दैन । तर, नेपाली चलचित्र क्षेत्रमा महिलाहरूलाई हालसम्म आवश्यक स्थान दिन सकिएको छैन । हरेक काममा अगाडि बढ्न महिलाहरूलाई पहिलो कुरा एकजुट हुनुपर्छ र आफूले बोल्न सक्नुपर्छ । उनले थपे, ‘महिलाहरूको पारिश्रमिक कम छ । यस्तोबेला चुप लागेर काम गर्नुको सट्टा महिलाले आफ्ना स्ट्यान्डर्डहरू तय गर्नुपर्छ । पहिले पहिले फिल्म क्षेत्र पवित्र होइन भन्ने सोच थियो । तर महिला कलाकारहरू यो क्षेत्रमा आएपछि सोचमा अलिकति परिवर्तन आएको छ ।’ साथै उनले महिलाहरूको कोखबाट जन्म हुने मानिसहरूले संसारलाई परिवर्तन गर्न सक्ने बताए । खड्गीले समाजमा पुरुषको प्रभुत्वको बारेमा पनि कुरा गर्दै भने, ‘पुरुषबाट देश चलेको छैन । देश महिलाले चलाउनुपर्छ भन्ने मेरो सोच छ ।’
प्रतिक्रिया