सुनवर्षीको कुटानी पिसानी मिलमा आगलागी, करिब तीन करोडको क्षति

आइतबार, ०३ चैत्र २०८१
विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–३ पिपल चोकमा रहेको मिलमा आगलागी हुँदा करिब तीन करोड बराबरको क्षति भएको छ । अरुण सिंहले सञ्चालन गर्दै आएको बोलबम कुटानी पिसानी मिलमा आइतबार बिहानका रातिबाट आगलागी सुरु भएको थियो । उक्त आगो करिब १० घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा लामो समय लगाएर प्रहरीले आगो नियन्त्रणको लिएको थियो । मिलभित्र भुस, धान लगायत रहेकाले आगो नियन्त्रणमा समस्या भएको र समय लागेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । आगो नियन्त्रणमा लिन विभिन्न ठाउँबाट ७ वटा दमकल पुगेका थिए । जोशीका अनुसार आगोले मिलसहित मिलमा भएका अन्न, खाद्यान्न, मेसिनरी सामान सबै जलेर नष्ट भएको छ । ‘क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन । तर, पनि २ करोड ८० लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ,’ उनले भने, ‘धेरै कुरा प्राविधिक पक्षबाट हेर्नुपर्ने भएकाले क्षतिको विवरण यकिन भइसकेको छैन । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार