दमकमा चैत ३० गते एमालेले जनसभा गर्ने, एक लाख जनता सडकमा उतार्ने तयारी

मंगलबार, २६ चैत्र २०८१
झापा : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ल्याएर नेकपा (एमाले)ले झापाको दमकमा एक लाख जनता उर्ताने तयारी गरेको जनाएको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राईले झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको बताए । प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चैत ३० को कार्यक्रम जनताको मुद्दामा केन्द्रित हुने बताए । संविधानको रक्षाका लागि एमाले सडकमा आएको उनको धारणा छ । राष्ट्र हितका लागि निर्णायक शक्ति एमाले भएकाले उपलब्धि रक्षाका लागि जनसभाको आयोजना गरिएको उनको धारणा छ । दमक–७ स्थित पशुहाटमा आयोजना गरिने जनसभामा एमालेले १ लाख जनता उतार्ने तयारी गरेको छ । जनसभाको प्राविधिक कामहरू धमाधम भइरहेको बताउँदै उनले चैत ३० गते सबै झापावासी जनतालाई सहभागिताका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार