रौतहट । रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो ।
वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । अत्याधिक गर्मी भएपछि नुहाउने युवक नजिकको बलेरी स्थित बागमती खोलामा पुगेको स्थानीय बताउँछन् ।
स्थानीयवासीका अनुसार उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुहाउने क्रममा प्रजाको मंगलबार बेलुका ज्यान गएको हो । खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ ।
घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया