इलाम बैशाख ः इलाममा लागेको मेलामा भागदौड हुँदा १७ जना घाइते भएका छन् । सदरमुकामको ठूलो टुँडिखेलमा जारी मेलामा ठेलमठेल सहित भागदौड १७ जना घाइते भएको बताइएको छ । इलाम अस्पतालमा उपचाररत १७ जना उपचारमा आएको बुझीएको छ । छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको छ । २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते हुनेमा इलाम नगरपालिका ७ की प्रभा भट्टराई, सूर्योदय नगरपालिका १४ की कुमारी लिम्बु, देउमाई नगरपालिका छ की अन्जु राई, सूर्योदय नगरपालिका १४ कै मिलन लिम्बु, देउमाई नगरपालिका २ की प्रविना राई, फाकफोकथुम ७ की. दृष्टि भूजेल, रहनु भएको छ । त्यस्तै फाल्गुनन्द गाउँपालिका पाँचथरमा सन्दीप चेम्जोङ्ग, फाकफोकथुम गाउँपालिका २ की टेकमाया राई, इलाम नगरपालिका ५ का काजल राई, इलाम नगरपालिका ७ का रमेश बुढाथोकी, इलाम ८ की सुनिता तामाङ, सोही ठाउँकी लक्की शेर्पा, इलाम ७ की प्रज्ञा भट्टराई, फाकफोकथुम २ को सानो नानी साजन राई रहेको बताइएको छ । अन्य दुई जनाको नाम खुलेको छैन ।
राहसल अनाथालय सहयोगार्थ इलाम टुँडिखेलमा जारी मेलामा साँझको समयमा सांगीतिक कार्यक्रम सञ्चालन भइरहेको बेला सोही मेलामा टिकट लिएर भित्र छिर्ने क्रममा टुँडिखेलको गेटमा ठेलमठेल भएको थियो । त्यस क्रममा अगाडी भएका मान्छे लडेपछि मान्छेमाथी खप्टिएर सो संख्यामा मान्छे घाइते भएका प्रहरीले जनाएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले मेलामा ठेलामठेल भएर भागदौड भएपनि मेलामा सञ्चालनमा रोक लगाइएको बताए । उनले घटनामा परि घाइते भएकाहरुको इलाममै उपचार भइरहेको र केहिको भने थप उपचारका लागि बिर्तामोर्डको बिएनसी अस्पताल लगिएको बताए । अघिल्लो बर्ष पनि सो अनाथालय सहयोगार्थ मेला लगाइएको थियो ।
प्रतिक्रिया