वासिंगटन डिसी : सन् १९९० देखि २०३० सम्म अमेरिकामा मुस्लिम अध्यागमनमा ठुलो वृद्धि हुने देखिएको छ ।
यस शृङ्खलामा पाकिस्तान, बङ्गलादेश र इरान जस्ता देशबाट आउने मुस्लिमहरू जनसङ्ख्या सङ्ख्या थप बढ्ने देखिएको हो । सन् १९९० को दशकदेखि अमेरिकामा मुस्लिम आप्रवासीको सङ्ख्यामा लगातार वृद्धि भएको छ ।
प्यू रिसर्च सेन्टरको प्रतिवेदन अनुसार सन् १९९२ मा मुस्लिम आप्रवासीको सङ्ख्या झन्डै ५०,००० बाट बढेर सन् २००९ सम्म १ लाख १५,००० भन्दा बढी पुगिसकेको छ। रिसर्च सेन्टरको रिपोर्टले देखाउँछ कि अमेरिकी समाजमा मुस्लिम समुदायको सहभागिता सांस्कृतिक रूपमा मात्र नभई जनसङ्ख्या स्तरमा पनि निरन्तर बढिरहेको छ।
२००१ मा ९/११ आतङ्कवादी हमला पछि अमेरिकाले आफ्नो अध्यागमन कानुनलाई कडा त बनायो, जसले वृद्धिमा अस्थायी गिरावट पनि ल्यायो। तर, सन् २००९ पछि भने यो सङ्ख्या फेरि बढ्न थालेको छ, जसले अमेरिकामा बढ्दो मुस्लिम समुदायलाई सङ्केत गरेको छ ।
सो प्रतिवेदन अनुसार सन् २०३० सम्ममा प्रत्येक वर्ष करिब १ लाख ३० हजार मुस्लिमहरूले अमेरिकामा स्थायी बसोबासको स्थिति प्राप्त गर्न सक्नेछन्। तीमध्ये सबैभन्दा ठुलो सङ्ख्या पाकिस्तानबाट आउनेहरूको हुनेछ, जुन प्रति वर्ष लगभग २२,००० भन्दा बढी हुनेछन् ।
अमेरिका आउने अन्य मुस्लिम देशहरूको सूचीमा पाकिस्तानपछि बङ्गलादेश ९१६ हजार, सोमालिया (१४ हजार), इरान (११ हजार) र इराक ९७ हजार आउने छन्। मुस्लिम देशबाट अमेरिका आउनेमा सबैभन्दा धेरै पाकिस्तानी रहेका छन् । अमेरिकामा रहेका कुल ८८.५५ प्रवासी मुस्लिमको आधारमा ९६.४५ प्रतिशत मुस्लिम जनसङ्ख्या पाकिस्तानी छन्।
१९९२ मा संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास प्राप्त गर्ने सबै आप्रवासीहरूको ५.१ प्रतिशत मुस्लिमहरू थिए तर, २००९ सम्म यो १०.२ पुगेको थियो । अब उनीहरूको सन्तान पनि त्यहाँ जन्मिसकेका छन् । जसकारण प्यू प्रक्षेपणका अनुसार अमेरिकाको अध्यागमन संरचनामा मुस्लिम समुदायको बलियो उपस्थितिलाई झल्काउने गरी सन २०३० सम्ममा यो हिस्सा ११।४ प्रतिशत सम्म बढ्न सक्छ।
प्रतिक्रिया