काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले भन्सार विधेयक पारित भएको छ ।
मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जस लगत्तै आजको बैठकले भन्सार विधेयक पारित गरेको हो ।
तत्कालीन अर्थमन्त्री डा। प्रकाश शरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेको विधेयक १८ महिना पछि आज बल्ल आज पारित भएको हो ।
अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको सो विधेयक प्रतिनिधिसभा पछि अब राष्ट्रियसभामा जानेछ ।
प्रतिक्रिया