काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् ।
अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नभएको भन्दै थापाले उदास,हताश र निराशालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएकोमा जोड दिए ।
१६३ औ श्रमिक दिवसको अवसरमा आज राप्रपा नेपाल आबद्ध मजदुर सङ्गठन टुकोनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सम्पूर्ण राजावादी,हिन्दुवादी एक हुनुपर्ने अहिले समयको माग भएको समेत स्पष्ट पारे ।
वर्षा मौसम सुरु हुनु अगावै हामीले आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने भन्दै थापाले समान बिचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुनेमा जोड दिए ।
सम्पूर्ण श्रमिकहरूमा बधाई शुभकामना दिँदै थापाले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा रहेको समेत स्पष्ट पारे । कार्यक्रममा तारानाथ लुइँटेल ,तेज कुरुङ्ग्वाङ्ग, यबती कार्की , हिक्मतजङ्ग भण्डारी , अजेलिया रन्जितकार लगायतले बोलेका थिए ।
प्रतिक्रिया