सभापति कप अन्तर नगरस्तरीय फुटबलको उपाधि धरानलाई

बुधबार, ३१ बैशाख २०८२

धरान : पहिलो सभापति कप अन्तरनगरस्तरीय फुटबल प्रतियोगिता, २०८२ को उपाधि धरान उपमहानगरपालिकाले जितेको छ । इटहरी उपमहानगरपालिका ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज सम्पन्न फाइनलमा दुहबी नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै धरानले उपाधि हात पारेको हो ।

धरानका लागि कप्तान तपन कार्कीले २ र सरुण श्रेष्ठले १ गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच तपन कार्की घोषित हुँदै नगद दुई हजार पाँच सय प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धरानका मदन लिम्बू घोषित भए । उनले ११ हजार प्राप्त गरे । 

खेलमा धरानका प्रवीण लिम्बू उत्कृष्ट गोलकिपर, तपन कार्की उत्कृष्ट मिडफिल्डर, अर्जुन राई उत्कृष्ट प्रशिक्षक घोषित भए । दुहबीका अभिषेक गुरुङ उत्कृष्ट फरवार्ड र भगवानलाल माझी उत्कृष्ट डिफेन्स घोषित भए । उनीहरुले जनही पाँच हजार प्राप्त गरे ।

खेलको विजेता धरानलाई नगद एक लाख ११ हजार पुरस्कार प्रदान गरिएको छ भने,उपविजेता दुहबीलाई ५५ हजार पुरस्कार प्रदान गरिएको इटहरी फुटबल क्लबका अध्यक्ष अनुरोध थापाले जानकारी दिएका छन् । 

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ कोशी प्रदेशले संयोजन र इटहरी फुटबल क्लबको आयोजनामा वैशाख यही २४ गतेदेखि सुरु प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका आठ पालिकाको सहभागिता थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार