साउदी अरेबिया पुगेर ट्रम्पले भने : मलाई युद्ध मन पर्दैन

बुधबार, ३१ बैशाख २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपना शान्ति स्थापना गर्नु भएको बताएका छन्। मंगलबार साउदी अरेबियाको राजधानी रियादमा बोल्दै उनले आफ्नो सपना शान्ति स्थापना गर्नु र विभाजन नभई एकता चाहेको बताएका हुन्।

उनले भारत र पाकिस्तानबीचको युद्धविरामको श्रेय आफूलाई दिएका छन्। ‘मेरो सबैभन्दा ठूलो सपना शान्ति स्थापना गर्नु हो,’ उनले भने, ‘म विभाजन होइन, एकता चाहन्छु। मलाई युद्ध मन पर्दैन।’ भारत र पाकिस्तानबिच युद्धविराम गराउन व्यापारको ठूलो भूमिका खेलेको उनको भनाइ छ। उनले दुवै देशलाई लडाइँ नरोके व्यापार नगर्ने चेतावनी पनि दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार