धरान : नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सुनसरी क्षेत्र नं. १ को सभापतिमा अजय राई सर्वसम्मत निर्वाचित भएका छन्। धरानमा सम्पन्न ५ औँ क्षेत्रीय अधिवेशनबाट राई सभापतिमा चयन भएका हुन्।
उपसभापतिमा रोशन राई, विशाल बस्नेत, कृष्ण राई, ज्वाला तुलाधर निर्वाचित भए भने सचिवमा विमल बुढाथोकी र सुजन खड्का चयन भएका छन् भने सहसचिवमा अधिय श्रेष्ठ, जसमान लिम्बु, अशेष लिम्बु र कोषाध्यक्षमा प्रसन्न गुरुङ चयन भएका छन्।
सदस्यहरूमा विनायक ताम्राकार, प्रज्वल श्रेष्ठ, सुदिप राई, सुवास केसी, विसम राई, कुसाङ्ग थेबे, मनकुमार राई, सुभम श्रेष्ठ, प्रभाकर भट्टराई, बलराम सुवेदी, नितेश राई, सुमित्रा कालिकोटे निर्वाचित भएका छन्।
सुनसरी–१ प्रदेश सभा ‘क’ कार्यसमितिमा सभापति जीवन लिम्बु, उपसभापति भवानी बास्तोला, सचिव रुमित कुमार खत्री र कोषाध्यक्ष राजमाया लिम्बु चयन भएका छन्। सदस्यहरूमा प्रदीप राई, प्रशान राई, भुपेन राई, विक्रम श्रेष्ठ, सुविहाङ्ग राई, प्रदीप तामाङ, सुरज श्रेष्ठ, अरुणा लिम्बु, मनकुमारी राई, विनोद बस्नेत, रोहित राई, दिवस शाक्य, दिल बहादुर राई निर्वाचित भएका छन्।
सुनसरी–१ प्रदेश सभा ‘ख’ मा सभापति साजन राई, उपसभापति रोहित राई, सचिव सुनिल तामाङ, कोषाध्यक्ष बिनु राई चयन भएका छन्। सदस्यहरूमा प्रताप बस्नेत, फुर्वा शेर्पा, प्रकाश राई, सचिन तामाङ, बालकुमार राई, रमेश तामाङ, अभय बस्नेत, निराजन कार्की, सेमिहाङ्ग राई निर्वाचित भएका छन्।
कार्यक्रममा नेपाली काँग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले लोकतन्त्रको सुदृढीकरणका लागि युवा पुस्ताको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्। काँग्रेस धरानका सभापति श्याम पोख्रेलले तरुण दलले गर्ने सकारात्मक काममा पार्टीको सधैँ साथ रहने स्पष्ट पारे।
निर्वाचन अधिकृत भरत शाक्यले नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए।
प्रतिक्रिया