काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको बताएका छन् । शुक्रबार स्युचाटारमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको भन्दै लोडेसेडिङ हुन्छ भन्ने भ्रममा नगर्न आग्रह गरेका हुन् ।
उनले शुक्रबार पिकआवरमा भारतबाट नेपालमा विद्युत आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा केही समय विद्युत आपूर्ति अवरुद्ध भएको स्वीकार गरे । उनले विद्युत प्रणालीमा अचानक समस्या देखिएपछि बिहीबार साँझ झ्यापझ्याप बत्ती गएको बताए ।
कार्यकारी निर्देशक शाक्यले बिहीबार साँझ विद्युत् आपूर्तिमा भएको समस्या पूर्णरूपमा प्राविधिक भएको भन्दै यसलाई ‘लोडसेडिङ’ सँग जोडेर हल्ला फैलाउनु गलत गएको बताए । उनले जलवायु परिवर्तनको कारण विभिन्न स्थानमा आउने हावाहुरी र पानीको कारण आकस्मिक रुपमा प्राविधिक अवरोध हुँदा समस्या भएको दाबी गरे । उनले प्राधिकरणले विद्युत अभावका कारण लोडसेडिङ गर्ने लाग्यो भनेर भ्रममा नगर्न आग्रह गरे ।
प्रतिक्रिया