उपेन्द्र यादवले भने- भूमि विधेयक भूमाफियाको स्वार्थमा आयो, सशक्त विरोध गर्छौं

शुक्रबार, ०२ जेठ २०८२

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयकको विरोध गर्ने जनाएका छन् ।

 केपी ओली सरकारले भूमि सम्बन्धी अध्यादेश विरोधका कारण फिर्ता लिए पनि पुनः विधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले विरोध जनाएका हुन् ।

 ‘भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले  भूमि सम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार