काठमाडौं : नेपालमा स्काईवेल ब्रान्डका लक्जरी विद्युतीय सवारीहरूको आधिकारिक वितरक जि मोटर्स प्रा.लि. ले ‘अपग्रेड टु स्काईवेल – ड्राइभ लक्जरी ईभी SUV’ नामक आकर्षक एक्सचेन्ज अफर सार्वजनिक गरेको छ।
यो अफरलाई कम्पनीले आगामी बजेटपछि सवारी मूल्यवृद्धि हुनुअघि ग्राहकहरूलाई लक्जरी, प्रीमियम तथा रियल ईभी SUV मा अपग्रेड गर्ने सुनौलो अवसरको रूपमा प्रस्तुत गरेको हो। नक्साल (काठमाडौं), राधेराधे (भक्तपुर), ईटहरी (सुनसरी), विराटनगर, पोखरा र चितवन स्थित स्काईवेल शोरूमहरूबाट यो अफरमा सहभागी हुन सकिने छ।
अफरका प्रमुख आकर्षणहरू:
स्काईवेल EV खरिदमा एक भाग्यशाली जोडीलाई युरोप टुर
विशेष छुट, एक्सचेन्ज बोनस, र
२०% डाउनपेमेन्टमा फाइनान्स सुविधा
अफर अवधि: आजदेखि जेष्ठ ५ गतेसम्म
कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालका अनुसार, स्काईवेलका अत्याधुनिक SUV मोडेलहरू — ET5 र BE11 — हाल बजारमा उपलब्ध छन्, जसले क्रमशः 620, 520 र 410 किमीको रेन्ज दिने क्षमता राख्छन्।
नेपालमा अहिलेसम्म १४० भन्दा बढी स्काईवेल ET5 SUV बिक्री भइसकेका छन् भने नयाँ अफर सुरु भएको दिनमै ७ वटा बुकिङ भइसकेको कम्पनीले जनाएको छ।
युरोपियन बजारमा अत्यधिक रुचाइएका स्काईवेल सवारीहरू अब नेपालका भूगोलमा समेत सहज प्रयोग गर्न सकिने छन्। यी SUV हरूमा रहेको १५० किलोवाट पावर तथा उच्च प्रदर्शन क्षमता सँगै, स्काईवेल नेपालमा विश्वसनीय प्रीमियम EV ब्रान्डको रूपमा स्थापित हुँदैछ।
६५ भन्दा बढी देशहरूमा स्काईवेलको उपस्थिति रहेको छ । जसमध्ये जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल र पोल्याण्ड प्रमुख छन्।
नेपालमा पनि ग्राहकहरूले युरोपियन गुणस्तर, लक्जरी अनुभव र वातावरणमैत्री प्रविधिसहित स्काईवेल EV रोज्न थालेका छन्, र यो नयाँ अफरले त्यो आकर्षणलाई अझ थप बलियो बनाउने देखिन्छ।
प्रतिक्रिया