३२ औँ मदन–आश्रित स्मृति दिवस देशभर मनाइँदै

शनिबार, ०३ जेठ २०८२

काठमाडौं : जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता भण्डारी र तत्कालीन एमालेका संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो।

स्मृति दिवसको अवसरमा नेकपा (एमाले)ले राजधानीको बल्खुस्थित मदननगरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सम्बोधन गर्नेछन्। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन–आश्रित परिवारका सदस्यहरूलाई पनि सहभागी गराइएको छ।

एमालेले हरेक वर्ष जेठ ३ गते देशभर पार्टी संगठनमार्फत विविध कार्यक्रमहरू आयोजना गर्दै मदन–आश्रितको योगदानको स्मरण गर्दै आएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार