काठमाडौं : दैनिक जीवनमा धेरैजसो मानिसहरूले कपासको बड वा धारिलो वस्तुको प्रयोग गरेर कान सफा गर्ने गर्छन्, जुन अभ्यासले कानलाई गम्भीर हानि पुर्याउन सक्छ। यस्तो जोखिमबाट बच्नका लागि सुरक्षित र घरेलु उपायहरू प्रयोग गर्न सकिन्छ, जसले कानको सफाइ सजिलै र प्रभावकारी रूपमा गर्न मद्दत पुर्याउँछ।
विशेषज्ञहरूका अनुसार तल उल्लेख गरिएका उपायहरू घरेलु रूपमा अपनाउन सकिने, सरल र सुरक्षित विधिहरू:-
मनतातो नरिवलको तेल : नरिवलको तेललाई अलिकति तताएर ड्रपरको सहायता लिई २–३ थोपा कानमा राखेपछि ५ मिनेटसम्म टाउको एकातिर झुकाएर राख्नुहोस्। यसले कानभित्र जमेको मैलो (इयरवाक्स) नरम बनाएर सजिलै बाहिर निकाल्न मद्दत गर्छ।
जैतुनको तेल : सुत्नुअघि २ थोपा जैतुनको तेल कानमा राखेर कपासले सफा गर्दा कानमा इन्फेक्सनबाट जोगिने मात्र होइन, छालालाई पनि मोइश्चराइज गर्न सहयोग पुग्छ।
हाइड्रोजन पेरोक्साइड र पानी : बराबर मात्रामा हाइड्रोजन पेरोक्साइड र पानी मिसाएर कानमा हाल्ने यो विधि पनि प्रभावकारी मानिन्छ। २–३ मिनेटपछि टाउको झुकाएर सफा गर्न सकिन्छ। यद्यपि यो उपाय हप्तामा एकपटक मात्र प्रयोग गर्न सिफारिस गरिन्छ।
नुन र मनतातो पानी : एक चम्चा नुनलाई तातो पानीमा घोलेर कपासको बल प्रयोग गरी कानमा हाल्ने यो सस्तो तर सुरक्षित विधिले कानलाई सफा गर्न सजिलो बनाउँछ।
तातो बाफ लिने : तातो पानीको बाफ लिएर वा टाउकोमा तौलिया ओढेर बाफ गर्दा कानभित्रको मैलो खुकुलो भई बाहिर निस्कन्छ। यो विधि पूर्ण रूपमा प्राकृतिक हो र कानलाई शान्ति दिन्छ।
यी घरेलु उपायहरू चिकित्सकको सल्लाहबिना पनि प्रयोग गर्न सकिन्छ, तर यदि कानमा दुखाइ, संक्रमण वा सुनाइमा समस्या छ भने डाक्टरको परामर्श लिनु आवश्यक हुन्छ।
प्रतिक्रिया