मोरङको साबुन फ्याक्ट्रीमा मेसिनले च्यापिँदा कामदारको मृत्यु

शुक्रबार, ०२ जेठ २०८२

मोरङ : मोरङ जिल्लाको कटहरी गाउँपालिका–४ मा अवस्थित क्वालिटी चेम साबुन फ्याक्ट्रीमा कार्यरत एक पुरुष कामदारको मेसिनले च्याप्दा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउँसो अन्दाजी ३५–४० वर्षका भीम राजबंशी मेसिनमा च्यापिएर गम्भीर घाइते भएका थिए।

तत्काल उद्धार गरेर उपचारका लागि लैजाने क्रममा राजबंशीको मृत्यु भएको  हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रकाश जोशीले घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार, काम गर्ने क्रममा मेसिनमा ध्यान नपुग्दा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार