रौतहट : पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का सचिवालय सदस्य विजय यादवले कटहरियामा एकीकृत सेवा केन्द्र स्थापना नहुनुमा सत्तारुढ दलहरू एमाले र कांग्रेसप्रति गम्भीर प्रश्न उठाएका छन्।
यादवले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्दै निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने कटहरिया नगरपालिकामा एकीकृत सेवा केन्द्र किन रोकियोरु भन्ने प्रश्न गर्दै सरकारको नियतमै प्रश्न उठाएका छन्।
उनले भनेका छन्, “पर्शाको पोखरीया नगरपालिकामा एकीकृत सेवा केन्द्र स्थापना हुन्छ, तर कटहरियामा चाहिँ मालपोत, नापी शाखा जस्ता आवश्यक सेवा नहुनु किनरु सरकार कटहरिया सँग किन विभेद गर्छरु”
यादवले कटहरिया नगरपालिकालाई लक्ष्य बनाएर राज्यले गरेको यस्तो विभेदको जवाफ सत्ता पक्षले दिने कि प्रतिपक्षले भन्ने प्रश्न समेत उठाएका छन्।
उनले केही वर्ष अगाडि प्रचण्ड नेतृत्वको सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तत्कालीन मन्त्रीसमेत रहेका आजपा अध्यक्ष प्रभु साहको नेतृत्वमा कटहरियामा सेवा केन्द्र स्थापनाको मागसहित ध्यानाकर्षण पत्र बुझाइएको पनि स्मरण गराएका छन्।
स्थानीय जनताको सुविधाका लागि सेवा केन्द्र आवश्यक भएको भन्दै यादवले सरकारको दृष्टिकोणमा पुनर्विचार गर्न आग्रह गरेका छन्। उनले कटहरियाका जनताको आधारभूत सेवा प्राप्त गर्ने अधिकारलाई राज्यले बेवास्ता गर्नु नाजायज भएको उल्लेख गर्दै सर्वसाधारणको पक्षमा सडकमा उत्रिने चेतावनी पनि दिएका छन्।
प्रतिक्रिया