काठमाडौं : नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा भएका छन् ।
राष्ट्र बैंकको मानव संशोधन विभागले डा. पोखरेललाई कार्यकारी निर्देशकमा बढुवा गर्दै गभर्नर कार्यालयमा पदस्थापन गरेको हो।
यसअघि गभर्नर कार्यालयमा डा. प्रकाश कुमार श्रेष्ठ कार्यरत थिए। श्रेष्ठको कार्यकाल समाप्त भएपछि रिक्त भएको उक्त पदमा पोखरेललाई जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया