नेप्से अवलोकनमा निरभाना कलेजका विद्यार्थी, वित्तीय साक्षरतामा जोड

बुधबार, १४ जेठ २०८२

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) द्वारा सञ्चालित ‘भिजिट नेप्से’ कार्यक्रमअन्तर्गत निरभाना कलेजका विद्यार्थीहरुले बुधबार नेप्से कार्यालय अवलोकन गरेका छन् ।

वित्तीय साक्षरताका माध्यमबाट सचेत लगानीकर्ता निर्माण गर्ने उद्देश्यसहित नेप्सेले एक दशकदेखि विभिन्न शैक्षिक संस्थासँगको समन्वयमा यस कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पुँजी बजार, धितोपत्र कारोबार, नेप्सेको कार्यप्रणाली लगायतका विषयमा प्रशिक्षण दिइएको छ । 

नेप्सेका अनुसार ‘भिजिट नेप्से’ कार्यक्रम स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको हो । विद्यार्थीहरूले पाठ्यक्रममा सिकेको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक पक्ष बुझ्न सकून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नेप्सेले जनाएको छ ।

May be an image of 6 people, people studying and hospital

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार