ट्रम्पको कटाक्ष : ‘फ्रान्ससँग धेरै समस्या भोगेका छौँ’

मंगलबार, २५ कार्तिक २०८२
File Photo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्ससँगका सम्बन्धबारे टिप्पणी गर्दै आफूले त्यस देशबाट धेरै समस्या भोगेको बताएका छन् । 

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “हामीले फ्रान्ससँग धेरै समस्या भोगेका छौँ।” उक्त भनाइ उनले चिनियाँ विद्यार्थीहरूबारे सोधिएको प्रश्नको उत्तर दिने क्रममा फ्रान्सको सन्दर्भ जोड्दै व्यक्त गरेका हुन् । 

चिनियाँ विद्यार्थीहरूबारे बोल्दै ट्रम्पले भने, “उनीहरू फ्रेन्च होइनन्, उनीहरू चिनियाँ हुन् । तिनीहरूले हाम्रो जासुसी गर्छन्, हाम्रो बौद्धिक सम्पत्ति चोर्छन्। तर के तपाईंलाई लाग्छ फ्रान्सेलीहरू ठीक छन् ? म त्यति विश्वस्त छैन।”

बेइजिङसँग व्यापार युद्धमा रहेका ट्रम्प र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंबीच सामान्यतया निकट सम्बन्ध देखिँदै आएको भए पनि, कतिपय नीतिगत विषयमा दुवैबीच मतभेद रहेको देखिएको छ । ट्रम्पले म्याक्रोंको जलवायु परिवर्तन नीतिसँग असहमति जनाउँदै प्यालेस्टाइन राज्यको मान्यताको पनि विरोध गरे ।

त्यस्तै, अमेरिकाले नेटोमार्फत युरोपलाई सुरक्षा खर्च बढाउन दबाब दिँदै आएको छ भने म्याक्रोंले ट्रम्पलाई रुसविरुद्ध युक्रेनको सैन्य समर्थन निरन्तर राख्न आग्रह गर्दै आएका छन् ।

अन्तर्वार्तामा ट्रम्पले फ्रान्सको कर नीतिलाई पनि निशाना बनाउँदै भने, “हामीले फ्रान्ससँग धेरै समस्या भोगेका छौँ, उनीहरूले हाम्रो प्रविधिमा अनुचित कर लगाउँछन्।”

ट्रम्पले यसअघि नै डिजिटल सेवामा भेदभावपूर्ण कर लगाउने देशहरूमाथि अमेरिकी करवृद्धि गर्ने चेतावनी पनि दिएका थिए ।

इन्ग्राहमले ट्रम्पलाई विदेशी विद्यार्थीहरूको भर्नाबारे सोधपुछ गरेपछि उक्त टिप्पणी आएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार