शशाङ्क कोइरालाले ३ वटा गाडी र सुनको रोलेक्स घुस लिएको सांसद बजगाईँको आरोप

मंगलबार, १३ जेठ २०८२

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाइँले पूर्वमहामन्त्री डा शशांक कोइरालाले ३ वटा गाडी, सुनको रोलेक्स घडी र २ झोला पैसा घुस वापत् लिएको आरोप लगाएका छन्। 

राजनीतिक नियुक्तिका लागि कोइरालाले यसरी घुस लिएको आरोप बजगाईंले सार्वजनिकरुपमा लगाएका हुन्। यसबारेमा कोइरालामाथि स्पष्टीकरण सोधिनुपर्ने बजगाईंको माग छ।

‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धारु वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस्। तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ‘, सामाजिक सञ्जालमा बजगाईं लेखेका छन्।

गृहमन्त्री रमेश लेखक विवादमा मुछिएपछि बजगाईंसहित केही नेताहरुले छानबिनका लागि मार्ग प्रशस्त गर्न माग गरेका थिए। तर, उक्त मागलाई लिएर पार्टी बैठकमा बजगाईंसहित राजीनामाको माग गर्ने नेतामाथि स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव डाक्टर कोइरालाले राखेका थिए।

कोइरालाको यस्तो प्रस्ताव बाहिरिएपछि आक्रोशित बनेका बजगाईंले यस्तो कुरा खुलासा गरेका हुन्। बजगाईंको आरोपसँगै पार्टीभित्रको विवाद थप बढेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार