सङ्खुवासभाको लुहाकोटमा आमा र ७२ दिनकी शिशु मृत अवस्थामा फेला

बुधबार, १४ जेठ २०८२
सांकेतिक फाईल

किमाथाङ्का : सङ्खुवासभाको चैनपुर नगरपालिका–११ लुहाकोटमा एक आमा र उनकी ७२ दिनकी शिशु मृत अवस्थामा फेला परेका छन्।

दिउँसो करिब १ बजे कृष्णप्रसाद त्रितालकी ४२ वर्षीया श्रीमती सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठामा नवजात शिशुसहित मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घटनाको कारण अहिलेसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार