काठमाडौँ : राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरूले आज प्रदर्शन गर्ने भएका छन् ।
राजावादी समूहले शुक्रवार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् ।
बिहीबार यो समूहले राजधानीको शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।
राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनाका साथै सङ्घीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चित कालीन आन्दोलन सुरु गरेका छन् ।
राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।
प्रतिक्रिया