राजावादी समूहद्वारा उपत्यका बन्दको घोषणा, प्रशासनले लगायो काठमाडौँका तीन क्षेत्रमा निषेधाज्ञा

आइतबार, १८ जेठ २०८२
File Photo

काठमाडौँ : राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्दको आह्वान गरेका छन्। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै बन्दको घोषणा गरेका हुन्।

विज्ञप्तिमा मुलुकमा फैलिएको अराजकता, राजनीतिक अस्थिरता, भ्रष्टाचार र विदेशी हस्तक्षेपको अन्त्यका लागि राजसंस्थाको पुनर्स्थापना अपरिहार्य भएको भन्दै बन्दलाई ‘शान्तिपूर्ण दबाबमूलक कार्यक्रम’का रूपमा अगाडि सारिएको हो जनाइएको छ।

राजावादी समूहको बन्द आह्वानसँगै सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उपत्यकाका केही संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा जेठ १८ गतेदेखि आगामी दुई महिनासम्म निषेधाज्ञा लागु हुनेछ। यस अवधिमा ती क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन वा भिडभाड गर्न नपाइने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शान्ति सुरक्षा र आमनागरिकको सुरक्षालाई प्राथमिकता दिँदै निषेधाज्ञा जारी गरिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार