सुनसरीबाट १९ किलो गाँजासहित युवक पक्राउ

आइतबार, २५ जेठ २०८२

सुनसरी : सुनसरीको वराहक्षेत्र नगरपालिका–१ अन्तर्गत पर्ने अमहा सामुदायिक वन क्षेत्रमा प्रहरीले ठुलो परिणाममा गाँजा बरामद गरेको छ। 

शनिवार राति करिब १० बजे धरान–कालाबन्जार मार्गअन्तर्गतको उक्त वन क्षेत्रमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा १९ किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको हो।

प्रदेश १–०२–०५१ प ४८३ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्ति प्रहरी देख्नासाथ जङ्गलतर्फ भागेपछि प्रहरीको टोलीले तिनीहरूमध्ये एक जनालाई नियन्त्रणमा लिएको थियो। 

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का २१ वर्षीय लक्ष्मण मेरी रहेका छन्। अर्का फरार व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका मेरीको बयानका आधारमा गरिएको थप खोजतलासमा कालो झोलाभित्र राखिएका १८ पोका गाँजा बरामद गरिएको हो। ती पोकाहरूमा करिब १९ किलोभन्दा बढी गाँजा रहेको प्रहरीले जनाएको छ । 

बरामद गरिएको गाँजा र प्रयोग गरिएको मोटरसाइकलसहित मेरीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार