पाँचथरमा बोलेरो दुर्घटना अपडेट : ५ जनाको मृत्यु

शनिबार, १८ असोज २०८२
PHOTO: AI

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिवार बिहान गाडी दुर्घटना भएको छ ।

तमोर कोरिडोर अन्तर्गत पर्ने रानी गाउँको कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए । घाइतेहरूको उपचारको लागि धरानतर्फ पठाइएको छ ।

यात्रुहरूको विवरण आइसकेको छैन् । घटना स्थलमा प्रहरी पुग्न ढिला भएपनि स्थानीयले घाइतेहरूलाई उद्धार गरी धरानतर्फ पठाएको उनले जानकारी दिए ।

स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै टोली परिचालन भएको जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार