एकीकृत समाजवादी पार्टी विभाजन हुँदै

विहीबार, १३ कार्तिक २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी विभाजन हुने अवस्थामा रहेको पार्टीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् । उनले पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता गर्ने अडान नछाडे पार्टी विभाजन हुने बताए ।

कान्तिपुरकी पत्रकार गंगा बीसीसँगको अन्तरवार्तामा खनालले पार्टी अध्यक्ष माधव नेपाल पार्टी विभाजन गरेर माओवादीसँग एकता गर्न जाने र आफूसहितका अन्य असहमत नेताहरुले अलग्गै पार्टी बनाउने अवस्था आउन सक्ने बताए ।

खनालले पार्टीको नेतृत्व असफल भएको र आफ्नो असफलतालाई लुकाउने अध्यक्ष नेपालले पार्टी एकता गर्न खोजेको दाबी गरे । उनले पार्टी अध्यक्ष नेपालले माओवादीसँग एकता गरेर आफ्नो व्यक्तिगत ‘संरक्षण’ खोजेको आरोप समेत लगाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार