इलाम ः मेची राजमार्ग अन्तर्गत इलाम देउमाई नगरपालिका १ कुखुरे भन्ने स्थानमा बोलेरो गाडी र मोटरसाइकल ठोक्किँदा दश जना यात्रु घाइते भएका छन् । तेह्रथुमबाट झापा तर्फ आउँदै गरेको मे १ ज ३१३७ नम्बरको यात्रुवाहक बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्र१(०१(०१६प १३६७ नम्बरको २२० सिसी को पल्सर मोटर साइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनाबाट मोटरसाइकलमा सवार चालक एक जना र बोलेरोमा सवार ९ जना गरी १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकार दिएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इलाम तर्फ पठाइएको बताइएको छ ।
बोलेरो सवारीका चालक तेह्रथुम आठराई गाउँपालिका बस्ने २६ वर्षका रबिन तामाङ प्रहरी चौकी रक्सेको नियन्त्रणमा रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय इलामका कार्यरत वरिष्ठ हवलदार विजय राईका अनुसार बोलेरो गाडी सडकबाट अन्दाजी १० मिटर तल झरेको छ । सो गाडी घटनास्थलमै रहेकोले निकाल्ने तर्फ आवश्यक पहल भइरहेको छ ।
घाइतेहरूको नामावली
झापा बिर्तामोड नगरपालिका ६ गरा मुनी बस्ने वर्ष ३० कि सुशीला तिम्सिना, तेह्रथुम आठराई त्रियुगा गाउँपालिका १ बस्ने वर्ष ६५ का छविलाल गुरुङ, सोही ठाउँ बस्ने वर्ष ३० का प्रकाश शेर्पा, ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिन बस्ने वर्ष ६४ कि डम्बर कुमारी गुरुङ, सोही ठाउँ बस्ने वर्ष ३० कि इन्द्र गुरुङ सोही ठाउँकी वर्ष २८ कि अञ्जना गुरुङ रहेका छन् । त्यस्तै धनकुटा घर बताउने वर्ष ३२ कि सुष्मा लिम्बू, पाँचथर फालेलुङ गाउँपालिका ६ सिदिन बस्ने वर्ष २३ कि असिना तामाङ, झापा बुद्धशान्ति गाउँपालिका ४ जयपुर बस्ने वर्ष २७ कि चन्द्रकला कालिकोटे र मोटर साइकल चालक जिल्ला पाँचथर हिलिहाङ गाउँपालिका बस्ने वर्ष ३६ का लक्ष्मी प्रसाद मैनाली रहेको बताइएको छ ।
प्रतिक्रिया