नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगे रेशम चौधरी

विहीबार, १३ कार्तिक २०८२

काठमाडौँ । नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीको टोली निर्वाचन आयोग पुगेका छन्। रेशम चौधरीसहितको टोली ड्रेस कोडसहित बिहीबार आयोगको कार्यालय पुगेका हुन्।

नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी दर्ता गर्ने तयारी गरेका थिए ।

नयाँ पार्टीमा जनमत पार्टीबाट अलग भएका अब्दुल खान र यसअघि रुपन्देही ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशङ्कर चौधरी पनि सहभागी छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार