बस्तीबस्तीमा दाउरा पु–याएर आगो बालिँदै

मंगलबार, १५ पुस २०८२

महोत्तरी  : जाडो बढ्दै गएपछि महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको कार्यालयले बस्तीहरुमा दाउराका मुढा वितरण थालेको छ । नगरपालिकामा रहेका ९ वटै वडाका बस्तीका चोक, बजार, सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयमा जाडोबाट बच्न राहतका लागि दाउरा वितरण गर्न थालिएको हो । 

नगरप्रमुख सञ्जीवकुमार साहले  “जाडो निकै बढ्यो, तत्काल राहतका लागि दाउरा वितरण थाल्याँै, पहिलो चरणमा सोमबार साँझसम्म नौवटै वडाका सबै बस्तीमा पु¥याइएको छ” यसले यो शीतलहरको समयमा जीउ तताए थोरै भएपनि राहत मिल्ने बताए । 

 

दाउरा वितरणसँगै जारी शीतलहरमा गरिब बस्तीमा थप राहतको आवश्यकता रहेको नगरप्रमुख साहको  भनाइ रहेको छ । यस कार्यमा सहयोग समन्वय बढाइदिन उनले विभिन्न सामाजिक सङ्घसंस्था, जिल्ला विपद् व्यवस्थापन समिति र राज्यका निकायहरुसँग अपिल गरेका छन् ।  

 

जिल्लामा यसपालि पुस ३ गते सुरु भएको शीतलहर पछिल्ला तीन÷चार दिनयता चिसो झन् बढ्दै आएको छ । गत शनिबारयता बर्दिबास र गौशालाका यी भेगमा पनि घाम नदेखिएको गौशाला वडा नम्बर ८ सँग सीमा जोडिएको बर्दिबास नगरपालिका वडष नम्ब ५ का वडाध्यक्ष काहारमान स्याङ्वाले बताए । चारैतिर डम्म बाक्लो हुस्सुले ढाकेर मुटु कमाउने जाडो बढिरहेपछि जिल्लाका सबै क्षेत्रमा दाउराको माग बढेको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार