कुखुरा र स्यालले मोर्चा गरेर केही हुँदैन : केपी ओली

मंगलबार, १५ पुस २०८२
फाइल फोटो

काठमाडौँ :  नेकपा एमालेको ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । 

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको आयोजना गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको बताएका हुन् । 

लोकप्रियता र अलोकप्रियताका सिर्जना गरिएका भाष्यलाई महाधिवेशनले जवाफ दिएको पनि ओलीले बताए । महाधिवेशनले अर्को जवाफ दिने तयारी गरेको भन्दै ओलीले देशमा को लोकप्रिय छ भन्ने चर्चा चुनावसम्म रहने र चुनाव पछि वास्तविकता थाह हुने समेत वताए । उनले कतिपयले अहिले नै प्रधानमन्त्री नै बनाइसके चुनावपछि भने वास्तविकता बाहिर आउछ । 

ओलीले भने हामी चुनाव पर्खिरहेका छौँ । महाधिवेशनबाट धेरै कुराको जवाफ दिएजस्तै अब हुने निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिनेछौँ’, ओलीले भने, ‘त्यसका लागि हामी तयार रहेको महाधिवेशनले सन्देश दिइसकेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार