एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक हुन् : अध्यक्ष थापा

मंगलबार, १५ पुस २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापा

काठमाडौं : नयाँ भनिएका राजनीतिक शक्तिहरुको वैचारिक आधार स्पष्ट नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले बताएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरुले केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको भन्दै अहिलेको अवस्थामा पात्र, दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान नहुने धारणा राखेका हुन् ।

 

थापाले देशका प्रमुख भनिने राजनीतिक दल एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक भएको भन्दै भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त गराउन सम्भव नरहेको बताए । थापाले भने अहिलेको अवस्थामा पात्र दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान हुँदैन् बाटो नै परिवर्तन गर्नुपर्छ ।

 

देशले अभिलम्व गर्दै आएको वैचारिक अवधारणा र मार्गचित्रमा सुधार गर्न आवश्यक रहेको भन्दै त्यो सुधार गर्न सक्ने राष्ट्रवादीको निर्माण राप्रपा र राप्रपा नेपालको एकताबाट हुने समेत थापाले दाबी गरे ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार