काठमाडौं : नेकपा (एमाले)ले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रूप दिएका हुन्।
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ पहिलो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नाम राखिएको छ। यसअघि आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रामेश्वर राना मगरको नाम रहेको थियो।
यो क्लस्टरबाट महिलातर्फ भूमिका लिम्बू सुब्बा, गङ्गादेवी श्रेष्ठ, अनिता कन्दङ्गवा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ्ग, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हिरुसरा राना, कुलभक्त शाक्य, वृद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनामङ छिरिङ लामाको नाम पेस भएको छ ।
प्रतिक्रिया