विराटनगर : मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका जबरजस्ती करणी मुद्धाका २० वर्षीया कैदी मुस्कान दनुवारको उपचारका क्रममा मृत्यु भएको छ। दनुवार जबरजस्ती करणी सम्बन्धी मुद्दामा दोषी ठहर भएर १२ वर्षको कैद भोग्दै आएकी थिए ।
कारागार प्रशासनका अनुसार, कात्तिक ११ गते राति १०ः३० बजे दनुवारको शरीर सुन्निएको देखिएपछि प्रहरी निरीक्षक अनन्तकुमार मेहत्ताको टोलीले उनलाई तत्काल कोशी अस्पताल विराटनगर पुर्याएको थियो।
अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर बिहीबार बिहान ९ः४२ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
जिल्ला कारागार मोरङका जेलर गौरव ढुंगेलले मृतकको शव हाल कोशी अस्पतालमा राखिएको र घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिए ।
मृतक दनुवार जबरजस्ती करणी मुद्दामा २०८१ माघ २२ गते देखी थुनामा रहेका थिए ।
यसअघि समाचारमा जबरजस्ती करणी सम्बन्धी मुद्दा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । - सम्पादक
प्रतिक्रिया