इलाम । इलाम नगरपालिकाले मनसुनका कारण क्षति बेहोरेका विपद् प्रभावितका लागि राहत वितरण सुरु गरेको छ । नगर कार्यपालिकाको निर्णय अनुसार सुरु गरिएको विशेष “राहत प्याकेज” कार्यक्रम अन्तर्गत पहिलो चरणमा वडा नम्बर २ र ५ मा खानेपानीका पाइप वितरण गरिएको हो ।
नगरपालिकाकी उपप्रमुख बिष्णु लिम्बु दाहालका अनुसार बाँकी वडाहरूमा पनि प्राविधिक टोलीले तयार पारेको लागत अनुमानका आधारमा क्रमशः आवश्यक पाइप तथा अन्य सामग्री वितरण गरिनेछ । उनले आवश्यक्ताअनुसार राहत वितरणलाई अझ विस्तार गर्दै लैजाने जानकारी दिइन् ।
हालै इलाम जिल्ला संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । तर, प्रभावित जनताले अपेक्षा गरेअनुसार संघीय सरकारले राहत नदिएको गुनासो गर्दै आएका छन् । यस्तो परिस्थितिमा इलाम नगरपालिकाले सुरु गरेको राहत प्याकेज कार्यक्रमलाई स्थानीय स्तरमा राहतको रुपमा हेरिएको छ ।
प्रतिक्रिया