काठमाडौं । नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्।
रानाभाटले बुधवार बिहान आइजीपीको सचिवालयमा राजीनामा बुझाएका हुन्। उनको राजीनामा स्वीकृत हुन बाँकी रहेको छ।
सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले पारिवारिक कारण देखाएर राजीनामा दिएको बताइएको छ।
उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका थिए। गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिँदा उनी पनि बढुवा भएका थिए।
प्रतिक्रिया